काठमाडौं । प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परीक्षामा ५१ जना उत्तीर्ण भएका छन् । लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको सूची प्रकाशन गरेको छ ।
प्रहरीको जनपद समूहतर्फ जेठ २२ देखि २४ सम्म भएको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरू मध्येबाट ५१ जना उत्तीर्ण भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले खुलातर्फ १६ जना, महिला कोटामा २ जना, आदिवासी जनजाति कोटामा ५ जना र दलिततर्फ २ जना माग गरेर विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूले अन्तर्वार्तामा सफल भएपछि इन्स्पेक्टरको नियुक्ति पाउनेछन्।


Facebook Comments Box
![इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/10/Inspector-of-Nepal-Police-Complete-Guide-1024x614.png)