काठमाडौं । विवाह भएको ९ महिनामै झापामा एक नवविवाहिता मुहिला घरभित्रै मृुत फेुला परेकी छन्। भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित आफ्नै घरमा सोमबार राति रितु ढकाल झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
बिर्तामोड–८ का पुष्पराज ढकालकी कान्छी छोरी रितुको करिब नौ महिनाअघि मात्रै चन्द्रगढीका प्रसिल कोइरालासँग विवाह भएको थियो।
घटना सार्वजनिक भएसँगै मृतकका परिवार र आफन्तहरू घटनास्थल पुगेका थिए। तर माइती पक्षले यसलाई सामान्य आत्महत्या मान्न अस्वीकार गर्दै मृत्यु शंकास्पद रहेको दाबी गरेका छन्।
उनीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै बुधबार बिहान जिल्ला प्रहरी कार्यालय झापा घेराउसमेत गरेका थिए।
भद्रपुरमा पोस्टमार्टम गराउन माइती पक्षले अस्वीकार गरेपछि, ओम साई अस्पतालमा राखिएको रितुको शवलाई विस्तृत फरेन्सिक जाँचका लागि धरान पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाको हरेक कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको छ। प्रहरीले रितुको मृुत्युअघिका गतिविधि, घटनास्थलको स्थिति र अन्य प्रमाणहरू संकलन गरिरहेको जनाएको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि मृुत्युको वास्तविक कारण बाहिर आउने प्रहरीले जनाएको छ।
