Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरी कार्ययोजना २०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । आईजी कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गरेका छन् । प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने विषयमा प्रहरी महानिरीक्षकले विशेष जोड दिए । सञ्चारकर्मीहरू माझ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालू आर्थिक वर्षको गत तीन महिनाको उल्लेख्य प्रगति विवरणहरु प्रस्तुत गर्दै सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको निरूपण समेत…

थप

गत बुधबार अर्थात असार २० गते अन्दाजी ३ बजेको समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नायारणकाजी श्रेष्ठ भरतपुर विमानस्थल, चितवनमा उत्रिए । प्रचण्ड गर्मीका कारण बाहिरको तापक्रम अत्याधिक थियो । दुई जना सुरक्षाकर्मी र एकजना स्वकीय सचिवसहित विमानस्थलमा उत्रिएका मन्त्री श्रेष्ठको स्वागतमा जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, पार्टीका नेता कार्यकर्ता एवं पत्रकारहरुको उपस्थिति थियो । स्वागतपछि मन्त्री श्रेष्ठ विमानस्थलमा रहेको भिआईपी कोठामा गए । उनको अनुहार मलिन थियो । मन्त्री श्रेष्ठसँगै पछिपछि सिडिओ, सुरक्षाकर्मी, नेता कार्यतकर्ता तथा पत्रकारहरु पनि उक्त कोठामा छिरे । सोफामा बसेका मन्त्री श्रेष्ठलाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोध्न थाले । पत्रकारले सोधे :- ‘ठूला मान्छेलाई…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने’ बताएका हुन् । सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोही बमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा…

थप

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् । ‘प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन,’ श्रेष्ठले दाबीसमेत गरे । यसअघि प्रहरीको सरुवादेखि बढुवासम्मको सूची गृह मन्त्रालय वा बालुवाटारले तयार पारेर प्रहरी प्रधान कार्यालयमा बुझाउने गरेको थियो । त्यसलाई नै सदर गर्न प्रधान कार्यालय बाध्य हुन्थ्यो । तर, अहिले त्यस्तो अवस्थामा नरहेको मन्त्री श्रेष्ठ बताउँछन् । प्रहरीलाई दिएको काम…

थप

बारा । बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद भएको छ ।  कोल्हवी नगरपालिका-५, सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाइ छ ।

थप

काठमाडौ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   पूर्वसचिवहरु युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । यस प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । प्रहरीले उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको छ।

थप

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जनभन्दा बढी जिल्लामा इन्चार्ज रहेका प्रहरी उपरीक्षक (एसपी)को हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र कमजोर कमाण्डिङ क्षमताका कारण जिल्लामा हेरफेर हुन लागेको हो । यसपटक बारा, सुनसरी, इलाम, डोटी, कास्की, भक्तपुर, मकवानपुर, रौतहट, नुवाकोट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख परिवर्तन हुँदैछन् । उनीहरुको एक वर्ष अवधी पुगेका कारण प्रधान कार्यालयले हेरफेरको तयारी गरेको हो । हाल बारामा होविन्द्र बोगटी, सुनसरीमा प्रभु ढकाल, इलाममा दिलिप घिमिरे, कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, मकवानपुरमा बामदेव गौतम, रौतहटमा बीर बहादुर बुढामगर, नुवाकोटमा रमेश पण्डित, कपिलवस्तुमा प्रेम बहादुर बस्नेत रहेका छन् । त्यस्तै डोटीमा…

थप

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्नेसम्बन्धी सूचना जारी गरेको छ । कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको छ । जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

थप

काठमाडौं । नायक सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सीताराम रिजालका अनुसार घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद देखिएको छैन् । एसपी रिजालले भने, ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं ।’ ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।

थप