काठमाडौं । गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या भएको थियो । उनको शव गत कात्तिक १७ गते बिहान ६ बजे शान्तिपुर बजार नजिकैको हुग्दी खोलाको किनारामा भेटिएको थियो ।
बालिकाको हत्यामा संलग्न बाँकेको खजुरा गाउँपालिका-७ का २३ वर्षीय रहिस खाँ पुर्पक्षको लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले खाँलाई पुर्पक्षको लागि जेल चलान गरेको हो । कारागार चलान भएका खाँ मदरसा गुल्सने मदिनाका प्रशिक्षक थिए ।
