काठमाडौं । युक्रेससँगको युद्धका क्रममा रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । यही नोभेम्बर १५ (कात्तिक २९) गते उनीहरूको निधन भएको हो ।
युद्धमा मारिनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

Facebook Comments Box
