काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले कटुवा पेस्तोलसहित २ राउण्ड गोली बरामद गरेको छ । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका-४ वेल्हीस्थित सीमा ईलाकाबाट पेस्तोलसहित गोली बरामद गरेको हो ।
मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बिओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरुले बोकेको कपडाको पोका सोही ठाउँमा छाडी फरार भएपछि सो पोका चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल सप्तरीका अनुसार बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको छ ।
Facebook Comments Box
