Author: Scoop Khabar

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा आयोजित एक कार्यक्रमका बीच आईजीपी कुँवरले आज उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले नेपाल सरकारले प्रहरीलाई स्रोत साधन पूर्ण बनाउन राम्रो भुमिका खेलेको बताए । आईजीपी कुँवरले भने, ‘सिमित श्रोत साधनका विचमा पनि नेपाल प्रहरीले शान्ति सुरक्षामा उत्कृष्ट कामहरु गरिरहेको छ । प्रहरीले आफ्नो जिम्मेवारीपूर्ण, उत्तरदायी भएर निर्वाह गरी संगठन सुधार भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख, सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्छाघरको उद्घाटन गरिएको हो । यसअघि…

थप

अभिलेखहरूका अनुसार काठमाडौं उपत्यका विजय पश्चात् प्रशासनिक गतिविधिलाई थप चुस्त बनाउन बडामहाराजाधिराज पृथ्वी नारायण शाहले कोतवाली, कोतवालको स्थापना गरेको देखिन्छ ।  शुरुमा पहाडका क्षेत्रहरूमा स्थापना गरिएको कोतवाली पछि गएर तराईका जिल्लाहरूमा समेत स्थापना भएको र कोतवालले चोरी, डकैती नियन्त्रण गर्ने, अनुसन्धान गर्ने र आफूलाई तोकिएको जिम्मेवारीको क्षेत्रमा शान्ति सुरक्षा स्थापना गर्न प्रमुख भुमिका निर्वाह गर्ने गरेका थिए । पहाडी जिल्लाहरूमा सेतो फेटा लगाएका र तराईका जिल्लाहरूमा रातो फेटा लगाएका कोतवालीहरू कार्यरत थिए । Kotwali Police Kotwals served as mediators between the king and the people, overseeing the areas on both sides of the hills. Positioned on the hilltops, they also…

थप

चितवन । भरतपुर महानगरपालिका ४ का ५० वर्षीय आमिर शर्मा (नाम परिवर्तन) घरमै बसिरहेको समय सामाजिक सञ्जाल चलाउँछन् । एकदिन फेसबुक चलाइरहँदा उनको फेसबुकमा रिया जिसी नामको प्रोफाइल अगाडि आयो । प्रोफाइल खोले, सुन्दर युवतीको फोटो थियो । उनलाई फोटो आकर्षक लाग्यो । अनि आफैं रिक्वेस्ट पठाए । केही समयमै उनले पठाएको रिक्वेस्ट स्वीकार भयो । उतैबाट ती युवतीले हाई भन्दै म्यासेज गरिन् । उनले पनि तत्कालै जवाफमा हाई भने । यो कुरा हो एक महिनाअघिको । दुईबीच केही दिन सामान्य गफ चल्यो । त्यसपछि उनीहरु म्यासेन्जरमै एकअर्काप्रति आकर्षित भए । ती युवती यौनका विषय उप्काउन थालिन् । आमिर उत्साहित…

थप

बारा । पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुक सहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले निकुञ्जको कोर क्षेत्रभित्र अनुमति बिना हातहतियार, भरुवा बन्दुक र अन्य बन्दोबस्तीको सामानसहित प्रवेश गरेको कसुरमा २ जना र सतिसालको रुख कटान गरेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । निकुञ्जले हेटौँडा उपमहानगर वडा नं १३ का तिलकबहादुर थिङ्ग (२७), र वडा नं १४ कालोपानी बस्ने राजीव घलान (२२) लाई भरुवा बन्दुक र हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा पठाएको हो ।…

थप

काठमाडौं । रविन्द्र केसीद्धारा लिखित कथासंग्रह पुस्तक ‘सम्बन्धको दोबाटो’ विमोचन हुने भएको छ । पुस १४ गते (शनिबार) प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा पुस्तक विमोचन हुने भएको हो । कार्यक्रम लेखनाथ हल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा दिउँसो १ः३० बजे हुनेछ । पुस्तकका लेखक केसी नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) हुन् । हाल डिआईजी केसी प्रहरी एकेडेमीमा कार्यरत छन् । पुस्तकमा २१ वटा कथा समेटिएको केसीले बताए । ६५ हजार शब्दको पुस्तक शिखा बुक्स प्रा.लि.ले बजारमा ल्याउनेछ । पुस्तकका विशेषता लेखक केसी भन्छन्, ‘समयको क्रममा मैले आफू जन्मेको माटो र आफना प्रियजनहरुलाई छोडेर रुँदै परदेशतिर भासिएका युवाहरुका आँखाका…

थप

काठमाडौं । ४ मंसिर २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ क्षेत्र नम्बर २ को (ख) बाट उम्मेद्वार थिए विनोद कार्की । तर, उनलाई एमाले उम्मेदवार लिलाबल्लभ अधिकारीले पराजित गरे । उक्त क्षेत्रमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सुजाता कोइराला उम्मेद्वार थिइन् । उनलाई पनि एमाले नेता ऋषिकेश पोखरेलले पराजित गरेका हुन् । सुजताको आडमा प्रदेशसभा टिकट पाएका उनै कार्की एक वर्षपछि प्रहरीको फन्दामा परेका छन् । गत शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कांग्रेस नेता रहेका कार्कीलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा पक्राउ गरेको हो । उनी ट्राभल्स सञ्चालक समेत हुन् । मोरङको पथरी शनिश्चरे घर भई…

थप

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताए । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो तागतले भ्याएसम्म र म रहेसम्म दिने छैन ।’ उनले आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने बताए । राष्ट्रपति पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि…

थप

काठमाडौं । दाङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले बताए । उनले लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । डीएसपी मल्लले जिल्ला अदालत बाँकेको आदेशका आधारमा पक्राउ गरेर उतै पठाएको बताए ।

थप

काठमाडौं । कास्कीको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो । तत्कालै रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् । सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राई हुन् । सो सहकारीका बचतकर्ताको…

थप

काठमाडौं । प्रहरीले महलिाको हत्या आरोपमा ६ वर्षदेखि फरार एक आरोपीलाई पक्राउ गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका(१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वकर्मालाई पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो । ०७४ पुस ३० गते काठमाडौं महानगर १४ बल्खु भुवनेश्वर मन्दिर नजिकै एक महिलाको शव फेला परेको थियो । उक्त शव मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको थियो । उनी त्यतिबेला मजदुरी गर्थिन् । टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला…

थप