काठमाडौं । दाङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले बताए ।
उनले लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । डीएसपी मल्लले जिल्ला अदालत बाँकेको आदेशका आधारमा पक्राउ गरेर उतै पठाएको बताए ।
Facebook Comments Box
