काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा आयोजित एक कार्यक्रमका बीच आईजीपी कुँवरले आज उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले नेपाल सरकारले प्रहरीलाई स्रोत साधन पूर्ण बनाउन राम्रो भुमिका खेलेको बताए ।
आईजीपी कुँवरले भने, ‘सिमित श्रोत साधनका विचमा पनि नेपाल प्रहरीले शान्ति सुरक्षामा उत्कृष्ट कामहरु गरिरहेको छ । प्रहरीले आफ्नो जिम्मेवारीपूर्ण, उत्तरदायी भएर निर्वाह गरी संगठन सुधार भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख, सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्छाघरको उद्घाटन गरिएको हो ।
यसअघि पुरानो संरचनामा जोखिम मोलेर प्रहरी बस्दै आएका थिए ।
