Author: Scoop Khabar

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा भारतीय नागरिकको शव फेला परेको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव डुबिरहेको अवस्थामा फेला परेको हो । आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको खानको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले बताए । डीएसपी भण्डारीका अनुसार खानले भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । खानको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।…

थप

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् । आइबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । आफ्नो राजीनामा दिन बाहेक गृहमन्त्री श्रेष्ठ अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको अध्यक्ष ओलीको भनाइ छ । सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोप लगाउँदै ओलीले भने , ‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु आफैँ‘ राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ ।…

थप

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले गत १३ वैशाखमा गृहमन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाए । त्यसअघि उनले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा निमित्त प्रमुखको रुपमा काम गरेका थिए । भारतसँग सीमा जोडिएको मधेस प्रदेश शान्ति सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील र सुरक्षा चुनौतीयुक्त क्षेत्र पर्छ । ८ वटा जिल्ला रहेको मधेसमा अन्य प्रदेशमा भन्दा काम गर्न निकै चुनौती रहेको सुरक्षाका जानकारहरु बताउँछन् । यसअघि मधेसमा बसेर अवकाश पाएका डीआईजीहरु पनि त्यहाँ काम गर्न गाह्रो हुने स्वीकार्छन् । अपराधविरुद्ध खरो रुपमा उत्रिएर अपराधीलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने डीआईजी भट्टराईले मधेसमा पनि आफुलाई अब्बल प्रहरी अधिकारी…

थप

बालेन शाह  मलाई नेता मन पर्दैन, तिमीलाई नि त मन पर्दैन, मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन, तिमीलाई केपी ओली मनपर्छ, मलाई बोली मन पर्दैन, तिमीलाई शेर बहादुर मन पर्छ, मलाई टोली मन पर्दैन, तिमीलाई प्रचण्ड मनपर्छ, मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन । मलाई देश मनपर्छ, तिमीलाई के मन पर्दैछ ?

थप

काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताए । अमेरिका र नेपालमा गरिएको दुई वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो । मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित…

थप

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।   नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

थप

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको बताइएको उल्लेख गर्दै उनले त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए । ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न…

थप

मकवानपुर । मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए । ‘बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो,’ उनले भने, ‘हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पु¥याइएको थियो ।’…

थप

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । सरकारबाट बाहिरिएको चार महिनापछि पुनः सरकारमा सहभागि हुन लागेको हो । कृषि मन्त्रालय र उद्योग मन्त्रालयमध्ये कुनै एक रोजेर गत पुसमा पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सहभागी भएर चैतमा सरकार छाडेको जनमत फेरि सरकारमा सामेल हुन लागेको हो । जनमत सरकारमा सामेल हुने भएसँगै पूर्ण रहेको प्रचण्ड सरकार फेरि पुनर्गठन हुने भएको छ । २५ सदस्यीय रहेको मन्त्रिपरिषद्मा कसैलाई हटाएर जनमतकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागिएको छ । स्रोतका अनुसार साहलाई आइतबार मन्त्री बनाइँदैछ । उद्योग र कृषि नपाएपछि सरकार छाडेको जनमतलाई कुन…

थप

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुवात गरेको छ । सिटीले बर्नलीलाई ३–० गोलले पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । जसमा इर्लिङ हालान्डले दुई गोल गरे । तर सिटीको यो जित केभिन डे ब्रुएनाले बेहोरेको चोटका कारण ओझेलमा पर्‍यो । ह्याम्सट्रिङ इन्ज्युरीका कारण ब्रुएनाले केही साता खेल गुमाउन सक्ने छन् । हालान्डले ४ र ३६ औं मिनेटमा गोल गरेयता रोड्रीले ७५ औं मिनेटमा तेस्रो गोल थपे । सिटी लगातार चौथो पल्ट लिग उपाधि जित्ने पहिलो क्लब हुने प्रयासमा छ ।

थप