Author: Scoop Khabar

झापा । झापा मेचीनगर– ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ ।  नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरी घर नजिकैको पैनीमा झाडीले लास छोपेका थिए । गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उनी घर नफर्किएपछि खोजी भएको थियो । उनको लाश बिहिवार बिहान स्थानीय पैनीमा झाडीले छोपेको अवस्थामा प्रहरीले फेला पारेपछि घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले उक्त हत्यामा दुई दिन अनुसन्धान गर्दा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको…

थप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन् । उनले विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् -‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त ।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

थप

काठमाडौं । नेपाल प्रहरीमा बरिष्ठ उपरीक्षक (एसएसपी) तयारीको अन्तिम गृहकार्य चलिरहेको छ । केही महत्वपूर्ण कार्यालयमा सरुवा हुन चाहने अधिकारीहरुको चलखेलका कारण गृह मन्त्रालयले निर्णय गर्न सकेको छैन । एसएसपीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय महत्वपूर्ण युनिट मानिन्छ । ती युनिटमा कार्यरत हालका प्रमुखको समेत सरुवा हुने भएपछि त्यहाँ जान अन्य एसएसपीको दौडधुप छ । काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीको समेत सरुवा हुने बताइएको छ । उनको सरुवा हुने भएपछि त्यहाँ जान ब्याचीहरु लागिपरेका छन् । तर, प्रहरी प्रधान कार्यालयले जुनियर टोलीका एसएसपीको नाम गृह मन्त्रालयमा सिफारिस गरेको स्रोत बताउँछ । स्रोतका…

थप

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ । १३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिबार दिउसो १ बजे मृत्‍यु भएको हो ।   एसपी थपलियाको हृदयघातको कारण मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कोमल विक्रम शाहले जानकारी दिए । थपलियाको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको एसपी शाहले बताए ।

थप

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए । त्यस्तै थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो । यस्तै एकेडेमीका प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।

थप

काभ्रे । विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप चार जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ । प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेपछि खुलेको अनुसन्धानबाट चारजना चिनियाँ मूलका नागरिकले काभ्रेबाट गैरकानुनी तरिकाबाट नागरिकता र राहदानी बनाएको खुलासा भएको हो । दावाले नागरिकता बनाएकै दिन वि।सं। २०७४ पुष २० गते सोही ठेगाना र बाबुको नाम पनि एउटै राखेर जिल्ला प्रशासन कार्यालय काभ्रेबाट पासाङ लामाले नागरिकता लिएका थिए । उनको नागरिकता नम्बर ११८६५ हो । दावा र पासाङका बाबुको नाम पेमा तामाङ राखिएको…

थप

काठमाडौं । विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौंको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा…

थप

काठमाडौ । इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव क्षेत्रीलाई कारबाहीको माग गर्दै मायादेवी गाउँपालिकाका जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । बिहीबार गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमानसँगै ७ जना वडाध्यक्षले प्रमुख जिल्ला अधिकारी (सिडीओ) शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने समूहमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी पनि सँगै थिए ।  जनप्रतिनिधिहरुले प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय र लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र पठाएको बताएका छन् । इन्स्पेक्टर क्षेत्रीका गतिविधि स्थानीयवासीलाई दुःख दिने नियत देखिएकाले खबरदारी गर्दै ज्ञापनपत्र बुझाइएको पालिका अध्यक्ष मुसलमानले बताए । गाउँपालिका र इप्रकाबीच विवाद बढेपछि सोमबारदेखि प्रहरीले ठाउँठाउँमा सबारी चेकिङका नाममा सर्वसाधारणलाई सास्ती दिइरहेको आरोप छ…

थप

काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।  हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटि जान लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । आईजी कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन…

थप

काठमाडौं । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।  सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरीका उपरीक्षक (एसपी)हरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र…

थप