काठमाडौं । गत २० पुसमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ का किरण राईविरुद्ध रेड नोटिस जारी भयो । जबरजस्ती करणी मुद्दामा राई लामो समयदेखि फरार थिए ।
नेशनल सेन्ट्रल व्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । तर, रेड नोटिस जारी भएको ५ दिनभित्रै राई पक्राउ परेका छन् ।
एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेको उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नका लागि बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राईविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलमा कतार रहेको खुल्न आएको थियो ।
राई फरार भएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास भएको थियो ।
Facebook Comments Box
