Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एम/एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एम/एस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम/एस सुनौला खिम्ती कन्सट्रक्सन छन् । यी कम्पनीहरुलाई दोलखाको सडक सुधार तथा विकास योजना कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यसैगरी तीन वर्ष कालोसूचीमा परेका अन्यमा…
काठमाडौ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार छाडिएको छ । अभिनेता केसीलाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी…
धादिङ । प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचनका अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न भई फरार रहेको भन्दै मिझारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका ९ टायलघर स्थित अँधेरीखोलामा मृत अवस्थामा भेटिएकी मोरङको विराटनगर महानगर–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा संलग्न भएको अभियोगमा…
काठमाडौ । दोलखाको सिँगटीबाट तस्करीको चार किलो सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुन बरामद गरेको हो । सुनसँगै दोलखा प्रहरीले तीनजनालाई पनि पक्राउ गरेको छ ।दोलखाका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने ।
काठमाडौं । गोली लागेर नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।चौधरी नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजी) धुव्रबहादुर प्रधानका पिएसओका रुपमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार महाराजञ्जस्थित निवासमा बुधबार बेलुका प्रहरी स्रोतका अनुसार महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा श्रीमती शर्मिला चौधरीलाई गोली लागेको हो । घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।
काठमाडौं । बलात्कार आरोपमा मुछिएका नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले सफाइ पाएका छन् । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रायले संगठनबाट सफाइ पाएका हुन् । केही समयअघि थुनुवा महिलामाथि बलात्कार गरेको उजुरी उनीविरुद्ध परेको थियो । लगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले बरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेल नेतृत्वको समितिले छानबिन गरेको थियो । समितिले गत साता छानबिन प्रतिवेदन प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) जनक भट्टराईलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा विभिन्न कोणबाट छानबिन गर्दा बलात्कार भएको तथ्य नभेटिएको उल्लेख छ । थुनुवा महिला महिला प्रहरीसँगै डिएसपीको कार्यकक्षमा गएर निस्किएको सिसीटिभीमा देखिएको प्रतिवेदनमा खलाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरमा…
काठमाडौं । सडक तथा फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः का प्रतिनिधि र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबारको चारबुँदे सहमतिपत्रमा थप संशोधन गरेर सहमति भएको हो । सहमतिपछि ईस् ले आजै आन्दोलन स्थगित गर्दै छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । अहिले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएकोमा अबदेखि दैनिक २० किलोसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो । बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ । हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र…
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए । त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो । यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो । खेलमा पहिलो अग्रता…
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा र एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयले वडा प्रहरी कार्यालय बैदाम, कास्कीका प्रमुख डिएसपी बेदप्रकाश जोशीको सरुवा र जिल्ला प्रहरी कार्यालय, कास्कीका इन्स्पेक्टर मदन श्रेष्ठलाई निलम्बन गरेको हो । अस्पतालमा उपचाररत एकजना महिलाको मृत्युपछि उत्पन्न विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको प्रधान कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए । इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए । विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर…