काठमाडौं । सुर्खेतमा तरुण दलका नेतामाथि गोली प्रहार भएको छ । शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो ।
तर, उक्त गोली सदस्य गिरीलाई नलागेर उनी चढेको गाडीमा लागेको बताइएको छ । लगत्तै प्रहरीले एक मोटरसाइकल, एक थान पेस्तोल र शङ्कास्पद दुई जनालाई पक्राउ गरेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
गत फागुन १४ गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगरमा लाग्ने महोत्सवको विषयलाई लिएर सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र उनीबीच विवाद रहेको बताइएको छ ।
सोही कारण नेपालगन्जदेखि गण्डा बोलाएर सदस्य गिरीलाई गोली प्रहार गरिएको कँडेलमाथि आरोप लागेको छ ।
Facebook Comments Box
