घोराही । रोल्पामा २८ वर्षीया मनकुमारी बुढाको हत्या भएको छ ।
हत्या अभियोगमा पर्नेमा माडी गाउँपालिका – १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन् । मनकुमारी र भीमबहादुर बुढा पति र पत्नी हुन् ।
भीमबहादुरले आफ्नी श्रीमती मनकुमारी बुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरी शुक्रबार दिउँसो ३ बजे भीमबहादुरले घरको आगनमा श्रीमती मनकुमारीको घाँटीमा चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट घटनास्थलमै मनकुमारीको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामनारायण गुप्ताले बताए ।
हत्यापछि भीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूका १२ वर्षीय छोरा र ५ वर्षीया छोरी छन् । आमाको हत्या भएपछि छोराछोरीको बिचल्ली भएको छ ।
Facebook Comments Box
