काठमाडौ । कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।जिल्ला अदालत काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो ।
प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक–पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ ।
छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन् ।
रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ ।
