काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको नेटवर्कबाट टिकटक चलिरहेको भन्दै रोक्न निर्देशन दिएको छ।
शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरुलाई स्पष्टिकरण सोधिएको र टिकटक सञ्चालन नरोके थप कारवाही गर्ने चेतावनी दिएको छ ।
‘प्राधिकरणको निर्देशन पालना नगरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही गर्छौं । टिकटकमा पहुँच पुगिरहेको/चलिरहेको भए प्राधिकरणमा त्यस्ता इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गर्दछौं,’ सूचनामा उल्लेख छ ।
सरकारले सामाजिक सद्भाव बिथोलिएको भन्दै गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
Facebook Comments Box
