काठमाडौं । सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी हुँदा हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको छ ।
जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
प्रहरीका अनुसार एफओबीमा रहेको सबै हातहतियार, गोलीगट्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । शनिबार दिउँसो ३ बजेबाट आगलागी सुरु भएको थियो ।
आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको बताइएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments Box
