Author: Scoop Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको रासनभत्ता महंगीअनुसार बढाउन प्रस्ताव अघि बढाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले यससम्बन्धि प्रस्ताव अघि बढाएका हुन् । आईजीपीको प्रस्तावअनुसार रासनभत्ता वृद्धि भएमा अहिलेभन्दा करिब दोब्बर पाउँछन् । उपत्यकामा हाल प्रहरीले दैनिक २०१ रुपैयाँ पाउँदै आएकोमा ३९५ रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । अहिलेको महंगीअनुसार प्रहरीलाई २०१ रुपैयाँले दुई छाक भात र एक पटक खाजा खान ज्यादै अपुग रकम हो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत जिल्ला दररेटअनुसार राशनभत्ता बढाउन माग गरिएको छ । जसअनुसार हरेक जिल्लामा महंगीको वास्तविक अवस्थाअनुसार प्रहरीले राशनभत्ता पाउनेछन् । गृह मन्त्रालयले यससम्बन्धि प्रस्ताव सहमतिका लागि अर्थ…

थप

काठमाडौं । रिगल समूहबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । बाँके प्रहरीका अनुसार उनले मंगलबार साँझ विषय सेवन गरेकी हुन् । अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको अवस्था मध्यम रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरिन् नखुलेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

थप

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेका एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले आबुँखैरेनीले रुपन्देही जिल्ला समरीमाई गाउँपालिका २ घर भएका ३६ वर्षीय सलिम धुनियालाई पक्राउ गरेको हो । मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख २९६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा धुनियालाई ८ सय ९४ थान लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । धुनियाको साथबाट प्रहरीले कालो झोलाभित्र लुकाएर ल्याएको फेनार्गन २९८ थान, बुप्रेनोर्फिन २९८ थान र डाइजेपाम २९८ थान गरी ८९४ थान लागूऔषध बरामद भएको आँबुखैरेनीका इन्स्पेक्टर शिव थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको र धुनियालाई तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद…

थप

काठमाडौं । कञ्चनपुरमा एक युवकको शव भेटिएको छ। मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेका छन् । बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो । उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । तर,पनि उनी फेला परेका थिएनन् । खोजी गर्ने क्रममा आज विष्टको शव महाकाली सिँचाइको मूल नहरमा बोराभित्र भेटिएको हो…

थप

काठमाडौं । सर्लाहीको कौडेनामा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारका अनुसार गएराति सवा नौ बजे हुलाकी राजमार्गमा पर्ने कौडेना गाउँपालिका–३ मा भारतीय स्कारपियोले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको हो । ‘घटनामा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको छ,’ डीएसपी पञ्जियारले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’ उनीहरु भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा…

थप

काठमाडौं । आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ । मृतक साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन् । एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेको खुलेको छ । राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए । हत्यामा संलग्नसहित सहयोग गर्ने…

थप

काठमाडौं । झापामा लागूऔषध ब्राउन सुगरसहित दुई जोडी पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मेची पुलबाट पक्राउ गरेको हो । आइतबार साँझ ७ बजेको समयमा मेचीनगर- ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले एक जोडीलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- २ सुनखरीका ३३ वर्षीय प्रवीण तामाङ र सोही ठाउँका ४५ वर्षीया कमला तामाङलाई नियन्त्रणमा लिएर चेकजाँच गरेका थिए । उनीहरूको शरीर तलासी लिँदा कपडामा लुकाइछिपाई ल्याउँदै गरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै आइतबार राती ८ः४५ बजेको समयमा मेची पुलमा…

थप

काठमाडौं । झापामा विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली र मातहत कार्यालयबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गाउँपालिका- १ बस्ने ५६ वर्षीय हेमरम सतार, मेचीनगर नगरपालिका- ७ बस्ने २५ वर्षीय राज किसान र कनकाई नगरपालिका- ६ बस्ने ३४ वर्षीय दिनेश खवास रहेका छन् । सतारमाथि २०७९ चैत १९ गते चोरी मुद्दामा १ वर्ष कैद र पीडित राहत कोषमा २ सय रुपैयाँ जम्मगर्नुपर्ने फैसला भएको थियो । सो फैसलालगत्तै उनी फरार रहेका थिए । त्यस्तै किसानमाथि २०८० जेठ ९ गते चोरी मुद्दामा ६ महिना…

थप

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो । उनी पक्राउ परेको सिआईबीका ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । न्यौपानेले ऋण प्रवाहमा अनियमितता गरेको आरोप लागेको छ ।

थप

काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । त्यस्तै तीन जना घाइतको उपचार भइरहेको छ । निजगढ नगरपालिका-७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको थियो । त्यस्तै वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवालको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको…

थप