काठमाडौं । रिगल समूहबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । बाँके प्रहरीका अनुसार उनले मंगलबार साँझ विषय सेवन गरेकी हुन् ।
अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको अवस्था मध्यम रहेको बाँके प्रहरीले जनाएको छ ।
उनले किन विष सेवन गरिन् नखुलेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
