काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेका एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयले आबुँखैरेनीले रुपन्देही जिल्ला समरीमाई गाउँपालिका २ घर भएका ३६ वर्षीय सलिम धुनियालाई पक्राउ गरेको हो ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख २९६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा धुनियालाई ८ सय ९४ थान लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धुनियाको साथबाट प्रहरीले कालो झोलाभित्र लुकाएर ल्याएको फेनार्गन २९८ थान, बुप्रेनोर्फिन २९८ थान र डाइजेपाम २९८ थान गरी ८९४ थान लागूऔषध बरामद भएको आँबुखैरेनीका इन्स्पेक्टर शिव थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र धुनियालाई तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप इन्स्पेक्टर थापाले बताए ।
Facebook Comments Box
