Author: Scoop Khabar

काठमाडौं । काठमाडौंको टोखामा एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय ती युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका प्रहरीले जनाएको छ । आगलागीबाट उनको शरीरको ७० प्रतिशत भाग जलेको छ । घाइते अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो । हाल उनको बर्न सेन्टर कीर्तिपुरमा उपचार भइरहेको छ ।

थप

काठमाडौं । केहि दिनअघि एक कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले भनेका थिए, ‘अनुसन्धानमा लापरवाही गरेको वा अपराधीलाई सहयोग गरेको पाइएमा प्रहरीका जोसुकै वा जुनसुकै तहका हुन्, निलम्बनसँगै बर्खास्त गर्न पनि पछि हट्दिन् ।’ महानिरीक्षक कुँवरले कुनै लहडमा भनेको पक्कै थिएनन् । आफ्नो आग्रह र कुण्ठालाई शान्त पार्न जसले जसरी बुझेको वा व्याख्या गरेको भएपनि कुँवर अपराधी र तिनका संरक्षकहरुलाई कानुनको कठघरामा ल्याउन दृढ प्रतिबद्ध छन् । त्यसै हुनाले कतिपय स्थानमा घटना भएको २४ घण्टा भित्रै अपराधमा संलग्नहरु पक्राउ परेको पनि पाइएको छ । तर लाग्छ, कुँवर आईजीपी भएको मन नपरेका अनि उनको कारणले प्रहरीमा चल्दै आएको प्रशासनिक र…

थप

काठमाडौं । महिलालाई कुवेत पठाइ दिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन् । प्रहरीले मियाँलाई काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए । एसएसपी रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए । नेपाल प्रहरी तथा संघ–संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन् । नेपाल फर्किएपछि उनले मियाँविरूद्ध जाहेरी दिइन् । उक्त…

थप

काठमाडौं । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य तर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ ।

थप

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलले संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो । चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको भन्दै जाहेरी परेको आरोपमा पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।

थप

काठमाडौं । गत ९ फागुनमा तेह्रथुम छथर गाउँपालिका–५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल मृत अवस्थामा भेटिए । भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलनजिकै उनको शव फेला परेको हो । सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव परालले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन । श्रीमतीसँगै बस्दै आएका ढकाल सो दिन तेल किन्न भन्दै कोठाबाट निस्किएको बताइएको छ । उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त पाठकका अनुसार त्यसपछि ढकाल…

थप

काठमाडौं । पूर्वयुवराज पारस शाह विभिन्न लफडाको कारण विवादमा आइरहन्छन् । अनेकन अराजक क्रियाकलापसँग जोडिएका पारसले युवराज हुनु अघिदेखि नै नसालु पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, आम मानिसमाथि मारपिटदेखि फायरिङसम्ममा घटना गराउँदै आएका छन् । करिब १३ वर्षअघि पारसले चितवन निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा रुवेल चौधरीसँगको विवादमा गोली पड्काएका थिए । घटना २०६७ मंसिर २५ मा भएको थियो । पछि सार्वजनिक अपराधमा मुद्दा नै परेको थियो । उनै पारसले अहिले पुनः चितवनमा आएर उदण्ड गरेको भन्दै चर्चा भएको छ । पारसले एक स्कुल बसका चालकलाई पेस्तोल ताकेको आरोप छ । घटना हो गत ९ फागुनको । तर,…

थप

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । कुटपिट तथा अंगभगं मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार शर्मिलालाई बाह्रबिसेबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । केही दिनअघि शर्मिला वाइबा, पवन खतिवडा ‘म्याकुरी’की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए । कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए। उनलाई काठमाडौं ल्याइँदैछ। वाइबाले युट्युबमार्फत् विभिन्न व्यक्तिहरुको मानमर्दन र चरित्र हत्या गर्दै आएकी छन् ।

थप

काठमाडौं । बेला बेला नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको प्रावधान हट्ने भनेर चर्चा हुन्छ । तर, पछिल्लो ६-७ वर्षदेखि भएको चर्चा चर्चामै सीमित छ । प्रहरी नियमावली २०७१ अनुसार नेपाल प्रहरीका अधिकारीहरू जम्माजम्मी तीन किसिमबाट अनिवार्य अवकाशमा जान्छन्- ३० वर्षे सेवा अवधि, पदावधि र उमेर हद । सोही व्यवस्थाअनुसार नेपाल प्रहरीका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पूरा कार्यकाल खान नपाई ३० वर्षे सेवा अवधिको कारण अवकाशमा जानेछन् । प्रहरीको किताबखाना स्रोतका अनुसार उनीहरु ‘अर्ली रिटायर्ड’को सूचीमा देखिन्छन् । उमेर र ३० वर्षे सेवाहदको कारण अवकाशमा जाने एआईजीहरु हुन्- सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य ।…

थप

काठमाडौं । कैलालीको खानीडाँडामा गत सोमबार मालवाहक ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ । प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो । झडपका क्रममा खलासी रोशन बिष्ट र अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीबीच झडप भएको हो । असई रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो । त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो । खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ । यता, असई रावतले…

थप