काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी बलले संगठनको आचरणविरुद्ध कार्य गरेको भन्दै डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी फागुन ५ मा स्वयभूस्थित न्यू इभन पोइन्ट रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको भन्दै जाहेरी परेको आरोपमा पक्राउ परेका थिए ।
जिल्ला अदालत, काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । अदालतको आदेशपछि उनी धरौटी बुझाएर हिरासतमुक्त भएका छन् ।
Facebook Comments Box
