काठमाडौं । काठमाडौंको टोखामा एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय ती युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
उनी हाल काठमाडौंस्थित तारकेश्वर नगरपालिकामा बस्दै आएका प्रहरीले जनाएको छ । आगलागीबाट उनको शरीरको ७० प्रतिशत भाग जलेको छ । घाइते अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको थियो ।
हाल उनको बर्न सेन्टर कीर्तिपुरमा उपचार भइरहेको छ ।
Facebook Comments Box
