काठमाडौं । कैलालीको खानीडाँडामा गत सोमबार मालवाहक ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ ।
प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो ।
झडपका क्रममा खलासी रोशन बिष्ट र अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीबीच झडप भएको हो ।
असई रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो ।
त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो । खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ ।
यता, असई रावतले भने सो विवाद सामान्य भएको र साम्य भैसकेको बताए ।
Facebook Comments Box
