काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । कुटपिट तथा अंगभगं मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार शर्मिलालाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
केही दिनअघि शर्मिला वाइबा, पवन खतिवडा ‘म्याकुरी’की पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए ।
कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए ।
कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए। उनलाई काठमाडौं ल्याइँदैछ।
वाइबाले युट्युबमार्फत् विभिन्न व्यक्तिहरुको मानमर्दन र चरित्र हत्या गर्दै आएकी छन् ।
Facebook Comments Box
