Author: Scoop Khabar

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । डिभाइडरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी कैलालीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । उनीहरु शुक्रबार काठमाडौंबाट पोखरा घुम्न गएका थिए । लेकसाइडबाट जिरो किलोतर्फ जाँदै गरेको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान करिब ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा…

थप

काठमाडौं । चितवनमा दाउरा बेच्न हिँडेकी एक महिलाको बाटोमा मृत्यु भएको छ । कालिका नगरपालिका २, कमलपुरकी ५० वर्षीया सानुमाया थापा घरबाट दिउँसो साढे ३ बजे दाउरा बेच्न निस्केको थिइन् । स्थानीय सुन्दरबस्तीस्थित शान्तीमाया लामाको गोठमा दाउराको भारी बिसाएर आराम गर्ने क्रममा उनी बेहोस भएकी थिइन् । त्यसपछि उनको ज्यान गएको खबर पाएपछि प्रहरी चौकी पदमपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । घटनाको थप अनुसन्धानको निम्ति इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्कासहितको टोली खटिएको बताइएको छ । टोलीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । दरबारमार्गस्थित नाइट क्लबमा काम गर्ने एक २० वर्षीया किशोरी सामुहीक बलात्कारको सिकार भएकी छिन् । युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ५८ वर्षीय चालक पदम घ्याम्चो तामाङसहित दुई जना युवाले मदिराको नसामा रहेकी ती युवतीलाई २० माघमा गोठाटारको एक होटलमा लगेर बलात्कार गरेको खुलेको छ । तामाङले उनकै ट्याक्सीमा क्बलका युवतीहरूलाई राति घर पु¥याउने काम गर्थे । २० माघ बिहान ४ बजे ड्यूटी सकेपछि क्लबका कर्मचारीले ट्याक्सी बोलाएर ति किशोरीसहित ४ जना युवतीहरुलई डेरामा छाड्न भनेर पठाइदिएका थिए । तर, चालक तामाङले सबैलाई कोठामा छाडिदिए पनि आफूलाई भने…

थप

काठमाडौं । गायिका समीक्षा अधिकारीले चितवन रत्ननगर-१० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा सालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सालिन मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन् । जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर टिप्पणी गरेकी छन् । यस्तै दोस्रो प्रकारका बलात्कारीमा ‘जबरजस्ती गर्ने बलात्कारी’ भनेर उल्लेख…

थप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन रत्ननगरको शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले टिप्पणी गरेका हुन् । उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने माग गरेका छन् । घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् । ‘चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा…

थप

काठमाडौं । गत १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका१० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा सालिन पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिइन् । छात्रावासमा मृत फेला परेकी सालिनको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन भन्दै शनिबार जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो । सालिन सो दिनको १०ः३० बजेको समयमा होस्टेलको अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको…

थप

काठमाडौं । झापा प्रहरीले एक हप्तामा ७० जना फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा प्रमुखको कार्यकाल सम्हालेर गएसँगै प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जिल्ला अदालतबाट दोषी करार भएका फरार अपराधीको पक्राउ गर्ने अभियान अन्तर्गत एक हप्तामा ७० जना फरार अभियुक्त पक्राउ गरेका हुन् । जसमध्ये फागुन १७ गते मात्र ३४ जना फरार अपराधी एकै दिन पक्राउ गरेका थिए । पछिल्लो समय केसीको सक्रियतामा झापामा फरार अपराधीहरु धमाधम पक्राउ पर्न थालेका छन् । अपराध गरेर दोषी करार भइसकेका मानिसहरु पक्राउ नपर्ने र समाजमै रहने प्रवृत्तिले नराम्रो म्यासेज गएको छ । अपराध गरेर पनि उन्मुक्ति…

थप

काठमाडौं । पर्वत प्रहरीले विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमलाल भुसालको टोलीले उनलाई पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार चार…

थप

काठमाडौं । कास्कीको पोखरामा प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा-६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर रहेका छन् । उनीहरूलाई पोखरा महानगरपालिका६ लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले रक्सी खाएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेको पाइएको छ । उनीहरूको साथबाट १ सेट वाकिटकी बरामद पनि भएको छ । जतिबेला उनीहरुलाई सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेका थिए ।

थप

सर्लाही । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्र सर्लाहीको इनरुवाबाट गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको हो । बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १० गणले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको हतियार खसेको थियो । ती दुवै व्यक्ति भारततर्फ…

थप