काठमाडौं । कास्कीको पोखरामा प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा-६ शान्तिनगर चोक बस्ने ३२ वर्षका नारायण गिरी र फूलबारी बस्ने २१ वर्षका विवेक ठाकुर रहेका छन् ।
उनीहरूलाई पोखरा महानगरपालिका६ लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले रक्सी खाएर आफूहरू प्रहरी भएको भन्दै धम्की दिने गरेको पाइएको छ ।
उनीहरूको साथबाट १ सेट वाकिटकी बरामद पनि भएको छ । जतिबेला उनीहरुलाई सम्झाउन खोज्दा ड्युटीमा रहेका प्रहरीलाई नै अभद्र व्यवहार गरेका थिए ।
Facebook Comments Box
