काठमाडौं । चितवनमा दाउरा बेच्न हिँडेकी एक महिलाको बाटोमा मृत्यु भएको छ । कालिका नगरपालिका २, कमलपुरकी ५० वर्षीया सानुमाया थापा घरबाट दिउँसो साढे ३ बजे दाउरा बेच्न निस्केको थिइन् ।
स्थानीय सुन्दरबस्तीस्थित शान्तीमाया लामाको गोठमा दाउराको भारी बिसाएर आराम गर्ने क्रममा उनी बेहोस भएकी थिइन् । त्यसपछि उनको ज्यान गएको खबर पाएपछि प्रहरी चौकी पदमपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।
घटनाको थप अनुसन्धानको निम्ति इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्कासहितको टोली खटिएको बताइएको छ । टोलीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box