Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । तीन दिनअघि नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाको लागि सिफारिस भए । एसपी बढुवा सिफरिससँगै प्रहरी प्रधान कार्यालयले डिएसपी बढुवाको समेत तयारी थालेको छ । बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले चर्को लबिङ सुरु गरेका छन् । इन्स्पेक्टरबाट डिएसपी बढुवाका लागि २०७० सालमा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् । २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएको टोली ठूलो पनि छ । यो टोलीमा १४७ जना इन्स्पेक्टर छन्, जसमा ४६ जना जेठ २२ गते डिएसपी भइसकेका छन् । बाँकी १०१ जना अब रिक्त हुने पदका लागि प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये पनि केही कारबाही खाएका…
सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायाधीश राईको मृत्यु भएको हो । राईको शनिबार बिहान ३ बजे कारागारमा मृत्यु भएको हो । पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएका थिए । राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् । मृतक राईका दाई सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए । तर यता झुम्का कारागारले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको छ ।…
एजेन्सी । अल–नासरले अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी प्रो लिग अन्तर्गतको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासर ५–१ गोलले विजयी बनेको हो । अल–नासरको जितमा रोनाल्डोले ह्याट्रिक गरेका थिए भने ओटाभिडो, अब्दुलरहमान घारिबले एक एक गोल गरे । यस्तै अल ताईका लागि भर्जिल मिसिडजानले गोल फर्काएका थिए । जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोसाक) का प्रहरी हटाइएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि उपत्यकाका १०८ जना सादा पोशाकका प्रहरीलाई हटाइएको हो । गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो । हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोसाकमा (घुमुवा) को रूपमा परिचालन हुँदै आएका थिए ।
कास्की । पोखरा महानगरपालिका–२७ लेखनाथको आरुपाटामा भएको बस दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भानु शर्माका अनुसार शनिबार बिहान साढे ९ बजे बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको थियो । बस घुम्तिमा दुर्घटना भएपछि ठाडो परेको छ । दुर्घटनापछि बस ठाडो पर्दा प्रहरी, सर्वसाधारण नै अचम्मित परेका छन् । सामाजिक सञ्जालमा फैलिएका तस्वीरहरू कतिपयले पत्याएका छैनन् । तर, प्रहरी निरीक्षक शर्माले तस्वीर सही…
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको तयारीबारे जानकारी लिएका छन् । इलाममा रहेका गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिए । गृहमन्त्री लामिछानेले भने, ‘एक निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र अनविश्वसनीय योजना बनाउनुहोला ।’
काठमाडौ । शनिबार बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन् । मृत्यु हुनेमा एक बालिका, दुई महिला र दुई पुरुष छन् । मृतकहर गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन् । आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्ने जस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताए । उनले जिल्लाका सुरक्षा निकायलाई भने, ‘गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु तथा गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु ।’ गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने…
काठमाडौ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधारानजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान खुलेको छैन ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०र०८१ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता दिनुपर्ने बताए । उनले अहिले व्यावसायिक प्रहरी जनशक्ति अपरिहार्य रहेको बताए । जनशक्ति उत्पादन गर्न आवश्यकतामा आधारित वैज्ञानिक र समय सापेक्ष प्रशिक्षण प्रणालीको भूमिका महत्वपूर्ण रहेको आईजीपी कुँवरको भनाई छ । प्रशिक्षणमा अन्य निकायहरूको असल अभ्यासहरूको अवलम्वनसँगै सेवा विशिष्टिकरणको आधारमा तालिम पाठ्यक्रमको निर्माण गर्नु पर्ने उनले बताए । प्रहरी महानिरीक्षक कुँवरले बदलिँदो सामाजिक…