कास्की । पोखरा महानगरपालिका–२७ लेखनाथको आरुपाटामा भएको बस दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भानु शर्माका अनुसार शनिबार बिहान साढे ९ बजे बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।
लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको थियो । बस घुम्तिमा दुर्घटना भएपछि ठाडो परेको छ । दुर्घटनापछि बस ठाडो पर्दा प्रहरी, सर्वसाधारण नै अचम्मित परेका छन् ।
सामाजिक सञ्जालमा फैलिएका तस्वीरहरू कतिपयले पत्याएका छैनन् । तर, प्रहरी निरीक्षक शर्माले तस्वीर सही भएको बताए ।
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।
