काठमाडौ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधारानजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
शनिबार बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको हो । ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान खुलेको छैन ।
Facebook Comments Box
