काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।
इलाममा रहेका गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिए ।
गृहमन्त्री लामिछानेले भने, ‘एक निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र अनविश्वसनीय योजना बनाउनुहोला ।’
Facebook Comments Box
