काठमाडौ । शनिबार बिहान काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ।
प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन् ।
मृत्यु हुनेमा एक बालिका, दुई महिला र दुई पुरुष छन् । मृतकहर गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन् ।
आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
Facebook Comments Box
