काठमाडौं । काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोसाक) का प्रहरी हटाइएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि उपत्यकाका १०८ जना सादा पोशाकका प्रहरीलाई हटाइएको हो ।
गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।
हेडक्वाटरको परिपत्र आएपछि उपत्यकाका १०८ सादा पोशाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोसाकमा (घुमुवा) को रूपमा परिचालन हुँदै आएका थिए ।
Facebook Comments Box
