Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गोरखा । गाेरखा जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।’ गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरु सबैले आउँदो २०८१ जेठ १…
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ । मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ…
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको…
काठमाडौं । नेपाली सेनाका ४८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । त्यसैगरी प्रमुख सेनानीमा ९८ जना बढुवा सिफारिस भएका छन् । उनीहरुको रिक्त स्थानमा बढुवा हुने सेनाले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा समितिले गरेको सैनिक अधिकृतहरुको बढुवा सदर गरेका हुन् । बढुवा हुने महासेनानीहरुमा संगीत पुन, जितेन्द्र कुमार गौली, रणबहादुर खड्का, लक्ष्मण खत्री, मनोग गुरुगं, अनन्त बहादुर सिंह, महेश्वर कार्की, प्रकाश थापा, दिवाकर रायमाझीलगायत छन् । त्यसैगरी प्रमुख सेनानीहरुमा देराजन बस्नेत, सञ्जय अधिकारी, उपेश प्रताप राणा, आविस्कार ढुंगाना, प्रदीप कुँवर, हरि खड्का, सुरज महतलगायत छन् । हेर्नुस् सूची
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३ जना रहेको अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन् । त्यस्तै अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका निर्देशक सिंहले बताइन् । वि.सं. २०४० चैत…
काठमाडौ । नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो । बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन् । शुक्रबार नै प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
काठमाडौ । होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवती मृत्यु भएको छ । बिहीबार दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्। उनको गएराति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । पोखरा स्थायी घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।
चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् । मेयर सापकोटाले भने, ‘म विगत लामो समयदेखि आफ्नै निजी सवारी साधान चढ्दै आएको थियो, त्यसैले सरकारी गाडी चढ्नुपर्छ भन्ने लागेन र अबदेखि आफ्नै निजी सवारी साधन चढ्ने घोषणा गरेको छु ।’ युवा जुझारु मेयर सापकोटाले रत्ननगरमा विभिन्न समयमा रचनात्मक कार्य गर्दै आइरहेका छन् ।
काठमाडौ । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् । दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिए । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी र उनको अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी…
काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन । अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता पन्थीले जानकारी दिए…