काठमाडौ । नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो ।
बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे छन् ।
शुक्रबार नै प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।
Facebook Comments Box
