काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन ।
अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता पन्थीले जानकारी दिए ।
यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।
