काठमाडौ । होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवती मृत्यु भएको छ ।
बिहीबार दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।
उनको गएराति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
पोखरा स्थायी घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी थिइन् ।
Facebook Comments Box
