चितवन । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् ।
बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् ।
मेयर सापकोटाले भने, ‘म विगत लामो समयदेखि आफ्नै निजी सवारी साधान चढ्दै आएको थियो, त्यसैले सरकारी गाडी चढ्नुपर्छ भन्ने लागेन र अबदेखि आफ्नै निजी सवारी साधन चढ्ने घोषणा गरेको छु ।’
युवा जुझारु मेयर सापकोटाले रत्ननगरमा विभिन्न समयमा रचनात्मक कार्य गर्दै आइरहेका छन् ।
Facebook Comments Box
