Author: Scoop Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । कुल १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४) प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्र अर्थात शिक्षा मन्त्रालयलाई रकम विनियोजन भएको छ । शिक्षा मन्त्रालयपछि क्रमशः गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रक्षा मन्त्रालयलाई बढी बजेट विनियोजन गरिएको हो । हेर्नुहोस्…

थप

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय माताहतमा रहने गरि ‘सीता दाहाल’ संस्थान खोल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । ‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छु, अर्थमन्त्रीको घोषणा छ । बजेट विनियोजन गरिएको यस कार्यक्रमको रकम भने खुलाइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको गतवर्ष निधन भएको थियो ।

थप

काठमाडौं । सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए । मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइनेछ तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ । अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिनेछ तथा कारागारलाई सुधारगृहकारुपमा विकास गरिने उनले जानकारी दिए । खुला कारागाारको अवधारणाअनुसार कैदीबन्दीलाई लघु, घरेलु…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ को अवसरमा थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहनबाट पुरस्कृत गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ८ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् । गण्डकी प्रदेशमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट’ सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ । एसपी थापाले कास्कीको कमाण्ड सम्हालेयता शान्ति सुरक्षा थप मजबुद र अपराध अनुसन्धानमा प्रहरीले उल्लेख्य सफलता…

थप

काठमाडौं । जीवनमा सफल हुन नचाहने मान्छे पनि सायदै भेटिएलान् । सफल हुनुपर्छ भन्ने पनि सबैलाई थाहा छ । तर, अक्सर हामी जीवनमा चालेका एक/दुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य । मधेस प्रदेश घर भएका पप्पु कुमार दासको परिवार कृषिमा आबद्ध परिवार, खाने मुख धेरै । तरपनि सामान्य विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गरेका उनमा सरकारी जागिर खाने रहर थियो । रहर पनि एक/दुई पटक होइन । दर्जनौं पटकसम्म असफलता पाइरहँदा समेत प्रयास गर्न नछोडेका दासले अन्ततः नेपाल प्रहरीको निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन् । कयौंपटकको संघर्षपछि…

थप

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पारेर सामाजिक सन्जालमार्फत सानो प्रयास गरिएको भन्दै गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् । गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

थप

काठमाडौं । काठमाडौंको स्वयम्भु र ललितपुरको सानेपामा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्वयम्भुको भगवानपाउमा टिपरले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिकाका ३० वर्षीय विकास नेपाली रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो । डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको बा ५ ख १४७१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले विपद् जोखिम उद्धारका कानून कागजमा राम्रो भए पनि व्यवहारमा लागू गर्न समस्या रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनजन्य विपद् जोखिमसम्बन्धी सरोकारवालहरुसँगको छलफलमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले जोखिम उद्धारसम्बन्धी कानूनहरु कागजमा राम्रो भए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या रहेको भन्दै सहज बनाउन आवश्यक रहेको बताएका हुन् । उनले विपद् आउँदा समन्वय र सहजीकरण गर्ने काम पहिलो पङ्तिमा रहेर नेपाल प्रहरीले गरिरहेको बताए । उनले प्रहरी परिचालनको हकमा १२५ जना विपद् व्यवस्थापन महाशाखाबाट आवश्यकता अनुसार त्यसलाई पनि परिचालन गर्ने गरेको बताए । प्रदेश स्तरमा १२५ जना र जिल्ला स्तरमा २५ जनाको युनिटलाई…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ४ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) पदमा चारजना प्रहरी अधिकृतहरूको पदोन्नति भएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा डिआईजी बढुवामा सिफारिस हुनेहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई साङ्गठनिक…

थप

काठमाडौं । सिन्धुली प्रहरीले सस्तोमा डलर उपलब्ध गराउने प्रलोभनमा लुटपाट मच्चाउँदै आएको गिरोहलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ का २४ वर्षीय श्याम तामाङ, सोही ठाउँका २६ वर्षीय तेन्जेन पाईन र सोही ठाउँकै २७ वर्षीय नारायण बहादुर पाईन रहेका छन् । उनीहरुले इलामको इलाम नगरपालिका १ का ४४ वर्षीय राजु गौतमलाई अमेरिकी डलर आफुहरुसँग छ र सस्तोमा सटही गरिदिने भन्दै १३ गते दिउँसो गोलन्जोर गाउँपालिका ३ लौकुनमा बोलाएका थिए । जहाँ उनीहरुले डलर रुमालमा पोको पारी २० को नेपाली नोट र सादा कागजका टुक्राहरु दिई…

थप