काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । कुल १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४) प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
जसमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्र अर्थात शिक्षा मन्त्रालयलाई रकम विनियोजन भएको छ । शिक्षा मन्त्रालयपछि क्रमशः गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रक्षा मन्त्रालयलाई बढी बजेट विनियोजन गरिएको हो ।
हेर्नुहोस् कुन मन्त्रालयलाई कति ?
१. शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ
२. गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ
३. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ
४. सहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ करोड रुपैयाँ
५. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ
६. रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ
७. कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड
८. उर्जा मन्त्रालयका लागि ५० अर्ब ७४ करोड
९. खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ
१०. वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ
१२. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ
१३. श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ
१४. सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड
१५. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ
१६. परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ
१७. युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ
१८. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलागि लागि १ अर्ब ६० करोड रुपैयाँ