काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ को अवसरमा थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहनबाट पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ८ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् ।
गण्डकी प्रदेशमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट’ सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ ।
एसपी थापाले कास्कीको कमाण्ड सम्हालेयता शान्ति सुरक्षा थप मजबुद र अपराध अनुसन्धानमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । त्यस्तै लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनामा समेत कमी आएको छ ।
