काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने घोषणा गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा पारेर सामाजिक सन्जालमार्फत सानो प्रयास गरिएको भन्दै गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् ।
गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’
Facebook Comments Box
