Author: Scoop Khabar

काठमाडाैं ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई २ वटा एम्बुलेन्स र २ वटा शव वहान गाडी प्रदान गरेको छ । बिहिवार आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्‍वास व्यक्त गरेका थिए । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पुर्‍याउन सवारी साधन निकै उपयोगी हुने प्रहरी महानिरीक्षक कुँवरले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा जाने भएका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी बन्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। उक्त टेलिफोन संवादमा उनीहरुबीच आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको बताईएको छ ।राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ । मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री…

थप

काठमाडौ । इलाका प्रहरी कार्यालय धरान, सुनसरीका नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले बिना पक्राउ पुर्जी एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको छ । अदालतले पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका सुनसरी धरान उपमहानगरपालिका- १६ जनपथ टोलका ३४ बर्षका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी मानसिक यातना दिँदै १७ जेठमा छाडेको विषय खुलासा भएको हो । एउटा जग्गाको लेनदेनको विषयमाथि जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित डीएसपी मानबहादुर राईले प्रहरी हुनुको गलत फाइदा उठाउदै रामप्रसाद राइलाई मानसिक यातना दिएर छाडेका हुन् । जग्गाको जुन विषयमा उनले कागज गराएका छन् त्यो जिल्ला अदालतमा विचाराधिन…

थप

काठमाडौं । अस्थिर राजनीति र सत्तालुछाचुँडीको प्रत्यक्ष असर नेपाल प्रहरी संगठनमा परेको छ । अझ सुरक्षा निकायमा पदोन्नतिका बेलामा रस्साकस्सी हुने गर्छ । विगत एक महिना अघिदेखि रिक्त रहेको प्राविधिक नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिस गर्न सकिरहेका छैनन् गृहमन्त्री रवि लामिछाने । सत्ता र कुर्सी जोगाउनतर्फ मन्त्री लामिछाने लाग्दा बढुवाका दाबेदारहरु निराश हुन पुगेका छन् । डिआईजी बढुवा सिफारिस गृहमन्त्रीस्तरीय निर्णयबाट हुने हो । विगत एक महिनादेखि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दुई डिआईजी पद रिक्त छ । दक्षलाई भन्दा पनि आफ्नो पक्षकालाई पदोन्नति गर्न खोजेपछि प्रतिस्पर्धीहरु निराश बन्न पुगेका हुन् । सोही कारण यतिबेला नेपाल प्रहरी अस्पतालमा हल्लीखल्ली मच्चिन थालेको…

थप

काठमाडौ । याैनदुर्व्यवहार गरेकाे आराेपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । इन्स्पेक्टर बिदुर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग याैनदुर्व्यवहार गरेकाे आराेपमा इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । घटनाकाे पुष्टिगर्दै प्रवक्ता कार्कीले भने, ‘बालिकाकाे गुनासाेपछि इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएकाे छ, घटनाका विषयमा बुझ्ने काम भइरहेकाे छ ।’

थप

काठमाडौं । नेपाल प्रहरीका दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकद्वय उमेश प्रसाद साह र मुकेश तिवारी डीएसपीमा बढुवा सिफारिस गरेको हो । इन्स्पेक्टर साह साईवर व्युरो साईवर आतंकवाद अनुसन्धान शाखा (प्राविधिक) भोटाहिटी, काठमाडौं र तिवारी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग Digital Forensic Lab (प्राविधिक) मा कार्यरत छन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।

थप

काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङको लेखा प्रमुख रहेकी पनेरु महतलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट राष्ट्र सेवकका रुपमा जनसेवाश्री चतुर्थ पदक पाएकी उनलाई अदालतले जिम्मेवार कर्मचारीले भ्रष्टाचार गर्नुले देशको सुशासनप्रति जनताको आशा गिरेको समेत उल्लेख गरेको छ । महतले घुस लिएको भन्दै ०७९ असारमा दायर मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गत १२ माघमा फैसला गरेको थियो । उनले सेवाग्राहीसँग घुसबापत एक लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएर विशेषमा मुद्दा दायर गरेको थियो । फैसलाको पूर्ण पाठमा महतले…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २४ सै घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त डेडिकेटेड मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्‌मा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र मुख्यालयले जनाएको छ । सशस्त्र सहप्रवक्ता​ डीएसपी शैलेन्द्र थापाका अनुसार बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन तथा अन्य युनिटहरूमा १ सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको छ । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं.…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर संगठनमा सुशासन कायम गर्न लागेका छन् । संगठनमा सुधार गर्ने उनको अभियान केही अधिकृतहरुको स्वार्थमोहका कारण ओझेलमा परेको छ । महानिरीक्षक कुँवरले परिवर्तन गर्न खोजे पनि केही अधिकृतका कारण प्रहरी संगठनको छवि धमिलिने गरेको छ । यस्तै संगठनको छवि धमिल्याउने काम गरेका छन्–नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले । धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपति कार्कीले मिथिला नगरपालिका-१० लालगढमा आफ्नो घर बनाउँदैछन् । तर, उनले निजी घर बनाउन गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको छ । एसपी कार्कीले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र…

थप

डालास । नेपालले हारबाट आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को सुरुआत गरेको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो । नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले एक सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेदरल्यान्ड्सले १८ ओभर चार बलमा चार विकेट गुमाएर एक सय ७ रनको लक्ष्य पूरा गर्यो । नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाएको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल पनि लो स्कोरिङ खेल हुन पुग्यो । दुवै ओभरमा बलर हाबी भएका थिए ।

थप