काठमाडौं । नेपाल प्रहरीका दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकद्वय उमेश प्रसाद साह र मुकेश तिवारी डीएसपीमा बढुवा सिफारिस गरेको हो ।
इन्स्पेक्टर साह साईवर व्युरो साईवर आतंकवाद अनुसन्धान शाखा (प्राविधिक) भोटाहिटी, काठमाडौं र तिवारी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग Digital Forensic Lab (प्राविधिक) मा कार्यरत छन् ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।
Facebook Comments Box
