काठमाडौ । याैनदुर्व्यवहार गरेकाे आराेपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । इन्स्पेक्टर बिदुर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग याैनदुर्व्यवहार गरेकाे आराेपमा इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
घटनाकाे पुष्टिगर्दै प्रवक्ता कार्कीले भने, ‘बालिकाकाे गुनासाेपछि इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएकाे छ, घटनाका विषयमा बुझ्ने काम भइरहेकाे छ ।’
Facebook Comments Box
