काठमाडौ । इलाका प्रहरी कार्यालय धरान, सुनसरीका नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले बिना पक्राउ पुर्जी एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको छ ।
अदालतले पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका सुनसरी धरान उपमहानगरपालिका- १६ जनपथ टोलका ३४ बर्षका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी मानसिक यातना दिँदै १७ जेठमा छाडेको विषय खुलासा भएको हो ।
एउटा जग्गाको लेनदेनको विषयमाथि जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित डीएसपी मानबहादुर राईले प्रहरी हुनुको गलत फाइदा उठाउदै रामप्रसाद राइलाई मानसिक यातना दिएर छाडेका हुन् ।
जग्गाको जुन विषयमा उनले कागज गराएका छन् त्यो जिल्ला अदालतमा विचाराधिन छ । अदालत पुगिसकेको विषयमा प्रहरीले सोध्न समेत नपाउने कानुनी व्यवस्था छ । तर, डीएसपी राईले भने दादागिरी शैलीमा मानसिक यातना दिएको पीडित रामप्रसादको गुनासो रहेको छ ।
गत वैशाख ३१ गते साधारण तारिखमा रामप्रसादलाई अदालतले छाडेको थियो । उनको अर्को तारेख जेठ २९ गतेका लागि अदालतले तोकेको थियो । तर, डीएसपी राईले भने अदालतको नै मानाहानी गरी १६ गते नै बिना पुर्जी पक्राउ गरी १७ गतेसम्म राखेर बाहिर कागज गराई १८ नम्बर वडा कार्यालयमा लगेका थिए ।
धरान–१५ कि हर्कमाया लिम्बुको हाल सुन्दर हरैंचा नगरपालिका तत्कालिन दुलारी गाविसमा रहेको ८ कट्ठा २ धुर जग्गा बैंकमा राखी ८५ लाख रुपैंया ऋण लिने लेनदेनको विषयमा अनाहकमा रामप्रसाद राईमाथि दबाब दिइएको बताइएको छ ।
अदालतको नै मानाहानी गरेको विषयमा जिल्ला अदालतमा ती डीएसपीविरुद्ध मुद्दा हाल्ने समेत तयारी भएको छ । यस विषयम डीएसपी राईले थुनेर यातना दिएको घटनामा सत्यता नरहेको दाबी गर्दै ती व्यक्ति फरार रहेकाले खोजीकार्य जारी रहेको बताए ।
‘रामप्रसाद राईविरुद्ध ठगीमा उजुरी परेको हुँदा अनुसन्धान भइरहेको छ,’ डीएसपी राईले भने, ‘त्यसैले उनको खोजी गरेका हौ । त्यतिमात्र नभएर यौनशोसण जस्ता कुराहरु पनि आएको छ । थप अनुसन्धान गर्दैछौं ।’
केहि प्रमाणहरु

अदालतमा दिएको निवेदन

अदालतको यो प्रमाण

