डालास । नेपालले हारबाट आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ को सुरुआत गरेको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो ।
नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले एक सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेदरल्यान्ड्सले १८ ओभर चार बलमा चार विकेट गुमाएर एक सय ७ रनको लक्ष्य पूरा गर्यो ।
नेपालले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६ रन मात्र बनाएको थियो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल पनि लो स्कोरिङ खेल हुन पुग्यो । दुवै ओभरमा बलर हाबी भएका थिए ।
Facebook Comments Box
