Author: Scoop Khabar

काठमाडौं । आचरणसम्बन्धी गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दारसम्मका २१० प्रहरी कर्मचारीको एकैपटक सरुवा गरेको छ । सेवाग्राहीबाट आचरण र अनुशासनको गुनासो आएको र कार्यसम्पादन समेत चुस्त नभएको भन्दै २१० जना प्रहरीको एकैपटक सरुवा गरेको परिसरले जनाएको छ । परिसर स्रोतका अनुसार काठमाडौंका वृत्तहरूमा खटिएका प्रहरी जवानदेखि सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार गरी २१० जनाको सरुवा गरिएको हो । ६ महिनाभन्दा बढी समय एउटै कार्यालयमा बसेकाहरूको सरुवा भएको छ । पछिल्लो समय काठमाडौंका वृत्तहरूमा खटिएका केही प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गरेको समेत पाइएकाले सरुवा गरिएको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । काठमाडौंको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई जेल चलान गरिएको छ। प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना मध्ये ६ जनालाई आज जेल चलान गरिएको हो ।एक जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ । हत्या आरोपमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया काकर्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे…

थप

काठमाडौ । नेपाल प्रहरीमा औपचारिक रुपमा स्टाफ कलेज (माष्टर इन पुलिस साइन्स) कार्यक्रम सुरु भएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बुधबार औपचारिक रुपमा कार्यालय स्थापना गरिएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरिद्वारा कार्यालयको उद्घाटन गरिएको हो । स्टाफ कलेजको कार्यकारी निर्देशकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजन अधिकारीलाई तोकिएको छ । एकेडेमीले आगामी दुई महिनाभित्रै स्टाफ कलेजका लागि प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रहरी निरीक्षक आधारभुत तालिमको १५८ तथा पिजिडिपिएस सातौं ब्याच एमपीएस सुरु गर्न लागिएको छ । यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्सपेक्टर छन्…

थप

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक (एसएसपी) डा.दीपक श्रेष्ठले प्रहरी नेतृत्वले आफूलाई अन्यायपूर्वक अवकाश दिन लागेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् । प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी करिब ५० दिनदेखि रिक्त राखेर आफूलाई २३ वर्ष सेवा अवधिमै अवकाश दिन लागेपछि श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन् । एसएसपी श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्– खड्गजित बराल, दुर्लभ थापा, डि. वि. लामा, अच्युतकृष्ण खरेल, ध्रुव बहादुर प्रधान सरहरू जस्तो आदरणीय व्यक्तित्वहरूले हाँकेको गौरवमय इतिहास बोकेको संगठनमा २०५८ मा प्रवेश गरेर आज २०८१ मा वदनियतिपुर्वक अवकाश दिँदा मन लागेको कुरा गौरवमय नेपाल प्रहरी संगठन पछिल्लो समयबाट’ नेपाल प्रहरी प्राइभेट कम्पनी लिमिटेड’मा…

थप

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा निमित्त आईजीपी थापाले यस्तो कुरा बताएका हुन् । निमित्त आईजीपी थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्दशन दिए । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने उनले बताए । निमित्त आईजीपी थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई…

थप

काठमाडौ । कास्कीमा अविरल वर्षापछि पहिरोमा परेर दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको…

थप

काठमाडौं । रास्ट्रसेवक नेपाल प्रहरीका कर्मचारीहरुले विगत २ महिनादेखि तलब पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा उनीहरुले तलब नपाएका हुन् । बैशाख र जेठ महिनाको तलब उनीहरुले नपाएका हुन् । जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको प्रहरी कर्मचारीहरु बताउँछन् । देशभर सबै स्थानमा नभएपनि हजारौं प्रहरी कर्मचारीले तलब नपाएका हुन् । तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरे । नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ । प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन्…

थप

वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए ।…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी-वन्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौं । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔं । तलैबाट पार्टीको एकता पनि गरौं,’ उनले भने,…

थप

काठमाडौँ । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ । सो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ । समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।

थप